एनपीएल टोली विराटनगर किङ्सको टाइटल स्पोन्सरमा ‘एक्स्ट्रिम’ इनर्जी ड्रिंक आबद्ध
घटनाक्रमको ताजा विवरण अनुसार, नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली विराटनगर किंग्सले ‘एक्स्ट्रिम’ इनर्जी ड्रिंकसँग मुख्य प्रायोजन सहमतिपत्र गरेको छ । ‘कोशीको शान, हाम्रो पहिचान’ नाराका साथ एनपीएलमा सहभागी हुँदै आएको विराटनगर किंग्स र नेपाली इनर्जी ड्रिंक ब्रान्ड ‘एक्स्ट्रिम’बीच टोलीको मुख्य प्रायोजकका रूपमा सहकार्य गर्ने सम्बन्धमा शुक्रबार औपचारिक सहमतिपत्र भएको हो । सम्झौताअनुसार ‘एक्स्ट्रिम’ विराटनगर […]

२९ साउन । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली विराटनगर किंग्सले ‘एक्स्ट्रिम’ इनर्जी ड्रिंकसँग मुख्य प्रायोजन सहमतिपत्र गरेको छ ।
‘कोशीको शान, हाम्रो पहिचान’ नाराका साथ एनपीएलमा सहभागी हुँदै आएको विराटनगर किंग्स र नेपाली इनर्जी ड्रिंक ब्रान्ड ‘एक्स्ट्रिम’बीच टोलीको मुख्य प्रायोजकका रूपमा सहकार्य गर्ने सम्बन्धमा शुक्रबार औपचारिक सहमतिपत्र भएको हो ।
सम्झौताअनुसार ‘एक्स्ट्रिम’ विराटनगर किंग्सको मुख्य प्रायोजकका रूपमा रहनेछ । टोलीको जर्सीसहित विभिन्न प्रमुख स्थानमा एक्स्ट्रिमको ब्रान्ड उपस्थिति रहनेछ ।
विराटनगर किंग्सले पछिल्ला दुई एनपीएल सिजनमा प्रदर्शनमार्फत आफ्नो पहिचान बनाउन सफल भएको सार्वजनिक गरेको छ । एक्स्ट्रिमसँगको सहकार्यले टोलीको व्यावसायिक तथा खेलकुद यात्रालाई थप मजबुत बनाउने विश्वास टोलीले लिएको छ ।
टोलीले आगामी दिनमा विराटनगर किंग्सको विकास, उत्कृष्ट प्रदर्शन तथा नेपाली क्रिकेटको प्रवर्द्धनमा एक्स्ट्रिमको निरन्तर साथ रहने आशा तथा विश्वास गरेको सार्वजनिक गरेको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।