एसीसी प्रिमियर कपको ऐतिहासिक उपाधि चुमेर नेपाली राष्ट्रिय क्रिकेट टोली काठमाडौँ आइपुग्यो, भव्य स्वागत
सोसल साउट समाचार कक्षका अनुसार, एसीसी प्रिमियर कपको ट्रफी जितेको नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ । मलेसियामा शनिबार समापन फाइनलमा यूएईलाई पराजित गर्दै ट्रफी जितेको र एसिया कपमा छनोट भएको नेपाली टोली आइतबार राति नेपाल आइपुगेको हो । ट्रफीका साथ फर्किएको नेपाली टोलीलाई क्यानका सचिव पारस खड्का लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

२८ भदौ । एसीसी प्रिमियर कपको ट्रफी जितेको नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ ।
मलेसियामा शनिबार समापन फाइनलमा यूएईलाई पराजित गर्दै ट्रफी जितेको र एसिया कपमा छनोट भएको नेपाली टोली आइतबार राति नेपाल आइपुगेको हो ।
ट्रफीका साथ फर्किएको नेपाली टोलीलाई क्यानका सचिव पारस खड्का लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
मलेसियाको वायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले यूएईमाथि ४४ रनको विजय हासिल गरेको थियो ।
नेपालका कप्तान सन्दीप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट प्रतिस्पर्धी खेलाडी घोषित भएका थिए ।
विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सन्दीपले सबैजनाको मेहेनतले सफल भएको जानकारी गराए ।
‘सबैजना खुसी छौं, देश दु:खद अवस्थामा भइरहेको बेलामा राम्रो प्रदर्शन गर्न सक्यौं, एसिया कपमा पनि छनोट भएका छौं, एकदम गर्वको महसुस भइरहेको छ’ सन्दीपले भने ।
नेपाली टोली अबको केही दिनमा एसियन गेम्सका लागि जापान प्रस्थान गर्नेछ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।