सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्यो पहिचान झल्काउने नयाँ ‘अपि एडिसन’ जर्सी
घटनाक्रमको ताजा विवरण अनुसार, नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा

२५ असोज । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ ।
सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने बंगाल टाइगरको आकृति समावेश गरिएको छ ।
टोलीले ‘अपि एडिसन’ नाममार्फत अपि हिमालको पर्यटन प्रवर्द्धन र यस क्षेत्रको प्राकृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास गरेको सार्वजनिक गरेको छ ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले जर्सीमार्फत सुदूरपश्चिमको प्राकृतिक सम्पदा र पर्यटनलाई क्रिकेटसँग जोड्ने प्रयास गरिएको जानकारी गराए ।
‘अपि हिमाल सुदूरपश्चिमको प्राकृतिक पहिचान र गौरवसँग जोडिएको महत्वपूर्ण गन्तव्य हो । हामीले यस जर्सीलाई ‘अपि एडिसन’ नाम दिएर अपि हिमालप्रति सम्मान व्यक्त गर्नुका साथै यसको पर्यटन प्रवर्द्धनमा योगदान गर्ने उद्देश्य राखेका छौं । जर्सीमा शुक्लाफाँटाको बंगाल टाइगर समावेश गर्नुले सुदूरपश्चिमको प्राकृतिक विविधता र सम्पदालाई पनि प्रतिनिधित्व गर्छ। क्रिकेटको माध्यमबाट सुदूरपश्चिमका यस्ता महत्वपूर्ण गन्तव्यलाई देश तथा विदेशमा चिनाउन सकिने हाम्रो विश्वास छ’ खड्काले भने ।
सुदूरपश्चिम रोयल्सले नयाँ जर्सी छिट्टै सर्वसाधारणका लागि बिक्रीमा उपलब्ध गराउने सार्वजनिक गरेको छ । यससँगै समर्थकहरूले ‘अपि एडिसन’ जर्सी खरिद गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।