अभिलाषा विष्टको सानदार प्रदर्शन : डब्लु–१५ इस्लामाबाद टेनिसको दोस्रो सर्किटमा जित निकाल्दै प्रिक्वार्टरफाइनलमा
सम्बन्धित निकायबाट प्राप्त सूचना अनुसार, नेपाली टेनिस प्रतिस्पर्धी खेलाडी अभिलाषा विष्टले पाकिस्तानमा जारी डब्लु–१५ इस्लामाबादको दोस्रो सर्किटमा विजय निकालेकी छन्। मंगलबार भएको महिला एकलतर्फको खेलमा अभिलाषाले रुसकी अन्ना सिम्किनालाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरिन्। जितसँगै उनी प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेकी छन्। खेल अवलोकन गरेकी पाकिस्तानका लागि नेपाली राजदूत रीता दाहालले अभिलाषालाई बधाई दिँदै आगामी

२७ असोज । नेपाली टेनिस प्रतिस्पर्धी खेलाडी अभिलाषा विष्टले पाकिस्तानमा जारी डब्लु–१५ इस्लामाबादको दोस्रो सर्किटमा विजय निकालेकी छन्।
मंगलबार भएको महिला एकलतर्फको खेलमा अभिलाषाले रुसकी अन्ना सिम्किनालाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरिन्। जितसँगै उनी प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेकी छन्।
खेल अवलोकन गरेकी पाकिस्तानका लागि नेपाली राजदूत रीता दाहालले अभिलाषालाई बधाई दिँदै आगामी खेलका लागि शुभकामना व्यक्त गरेकी थिइन्।
प्रिक्वार्टरफाइनलमा अभिलाषाले बुधबार थाइल्यान्डकी कामोनवान योडपेचसँग प्रतिस्पर्धा गर्नेछिन्। कामोनवान प्रतियोगितामा दोस्रो वरीयताप्राप्त प्रतिस्पर्धी खेलाडी हुन्।
नेपाल टेनिस संघका सचिव अजय विष्टका अनुसार अभिलाषा महिला एकलतर्फको विश्व वरीयतामा १ हजार ५१०औँ स्थानमा छिन्। प्रतियोगिताको कुल पुरस्कार राशि १५ हजार अमेरिकी डलर रहेको छ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।